बालेनको खुट्टा तान्ने बागमतीका मुख्यमन्त्रीले बल्ल देख्नेभए जनप्रिय मेयर बालेनको पावर, फर्काउदैछन् ‘पथ्थरको जवाफ फुल’बाट !

बालेनको खुट्टा तान्ने बागमतीका मुख्यमन्त्रीले बल्ल देख्नेभए जनप्रिय मेयर बालेनको पावर, फर्काउदैछन् ‘पथ्थरको जवाफ फुल’बाट !


प्रहार न्युज
  • मंगलबार, असार १४ २०७९

  • काठमाडौं । कठमाडौं महानगरपालिकाका जनप्रिय मेयर बालेन्द्र साहको टिमले प्रदेश सरकारलाई पथ्थरको जवाफ फुलबाट फर्काउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै बालेन टिमले सो गोप्य मास्टरप्लान बनाएका हुन् ।

    राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बाहिरिएको छ । डेढ साताअघि हेटौंडामा आयोजित दुई दिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए।

    आपलाई अपमान भएको महसुस गर्दै मेयर र उपमेयर दोस्रो दिनको कार्यक्रममा सहभागी भएनन्। महानगरवासी र जनप्रतिनिधिमाथि अपमान भएको महसुस गरेका मेयर साहले महानगरको फोहोर महानगरमै व्यवस्थापन गर्न गोप्य योजना बनाएका छन् ।

    केही दिनदेखि मेयर साह र उपमेयर डंगोल महानगरको फोहोरमैला व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, सदस्य र कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलसहितको टिम बसेर योजना तयार गरिरहेका छन्।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार