पार्टी खोलेकै दिन वामदेवको नयाँ पार्टीमा एमाले सांसदको ‘ईन्ट्री’

पार्टी खोलेकै दिन वामदेवको नयाँ पार्टीमा एमाले सांसदको ‘ईन्ट्री’


प्रहार न्युज
  • मंगलबार, असार १४ २०७९

  • काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । लामो समय नेकपा एकता अभियान चलाएका गौतमले अन्ततः नयाँ पार्टी खोलेका हुन् ।

    तत्कालीन नेकपा विभाजनपछि तटस्थ रहँदै झन्डै डेढ वर्ष ‘एकता अभियान’ चलाउनु भएका नेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । आज भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि उहाँले औपचारिक रुपमा पार्टीको नाम सार्वजनिक गरेका छन् ।

    ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको उक्त पार्टीको संयोजक गौतम आफैँ रहनुभएको छ भने ६९ जना केन्द्रीय सदस्य छन् । केन्द्रीय कमिटीमा एमालेबाट प्रतिनिधिसभा सांसद रहनुभएकी गौतमकी पत्नी तुल्सी थापा पनि रहेका छन् ।

    थापा गौतमको नयाँ पार्टीको केन्द्रीय सदस्य भएसँगै उनको सांसद पद धरापमा परेको छ । समानुपातिक सांसद भएकाले एमालेले थापालाई तत्काल हटाउन सक्ने सम्भावना छ । गौतमको पार्टीमा श्रीमतीसँगै छोरा र निजी सचिव पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार