अर्थमन्त्री जनार्दनले १४ गतेको राती गडबढ गरेकै रहेछन्, सीसीटीभीले खोल्यो रहस्य !

अर्थमन्त्री जनार्दनले १४ गतेको राती गडबढ गरेकै रहेछन्, सीसीटीभीले खोल्यो रहस्य !


प्रहार न्युज
  • आइतबार, असार १९ २०७९

  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट चलाएर करको दर हेरफेर गरेको पुष्टि भएको विश्लेषकहरु बताउन थालेका छन
    । अर्थ मन्त्रालयले बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज ‘डिलिट’ भएको बताएपछि अर्थमन्त्री जनार्दनको बदमासीलाई पुष्टि गरेको हो ।

    यस सम्बन्धमा सूचना माग गरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई आइतबार पत्र पठाउँदै अर्थ मन्त्रालयले जेठ १४ गते रातीको सीसीटीभी फुटेज ‘डिलिट’ भएको जनाएको हो ।फुटेज बढीमा १३ दिनसम्मको मात्रै अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिने दाबी अर्थले गरेको छ ।

    उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेलले गत वर्ष प्रतिस्थापन बजेट बजेट आउनु अघिल्लो दिन भदौ २४ गते राति ११ देखि २५ गते बिहान ६ बजेसम्मको र यो वर्षको जेठ १४ गते बेलुका ६ देखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेजको माग गरेर असार १४ गते निवेदन दिएका थिए ।

    अर्थ मन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई जेठ १४ गते राती मन्त्रालयमा बोलाएर आफ्नो तर्फबाट भन्दै करका दर परिवर्तन गराएको आरोप लाग्दै आएको छ ।

    उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले पनि मन्त्रालयले सीसीटीभी फुटेज १३ दिन सम्मको मात्रै सेभ हुने र त्यसपछि हट्दै जाने दाबी गरेर पत्रको उत्तर पठाएको भन्दै कानुनी लडाई जारी रहेको बताएका छन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार