महाशक्ति छिमेकी राष्ट्र चीनबाट पनि बाहिरियो टाट पल्टिएको खबर

महाशक्ति छिमेकी राष्ट्र चीनबाट पनि बाहिरियो टाट पल्टिएको खबर


प्रहार न्युज
  • सोमबार, असार २७ २०७९

  • एजेन्सी – श्रीलंकाको अहिले टाट पल्टिएको छ । महाशक्ति छिमेकी राष्ट्र चीनबाट पनि टाट पल्टिएको खबर आएको छ । चीनको हेनान प्रान्तमा बैंकहरु टाट पल्टिन थालेका छन्।सो प्रान्तका ४ वटा बैंक निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसक्नेगरि टाट पल्टेका हुन् ।

    अप्रिलदेखि बैंकमा राखेको आफ्नो पैसा फिर्ता माग्न जाँदा बैंकले आफुसंग पैसा नरहेको भन्दै फिर्ता दिन नसक्ने बताएपछि निक्षेपकर्ताहरू आफ्नो पैसा फिर्ता पाउँ भन्दै आन्दोलनमा उत्रिएका छन् निक्षेपकर्ताहरू आफ्नो पैसा फिर्ता पाउँ भन्दै आन्दोलनमा उत्रिएका छन्।

    निक्षेप कर्ताले झ्ङगुको पिपुल्स बैंक अफ चाइनामा आन्दोलन गरेका हुन् । हिजो मात्रै हजारौँ निक्षेपकर्ता चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’को अगाडि प्रदर्शन गरेका थिए । चीनको हेनान प्रान्तमा ४ वटा साना ग्रामीण बैंकहरू विरुद्ध विरोध गर्दै आएका छन् ।

    एजेन्सीका अनुसार हेनान प्रान्तका युझाउ सिनमिन शेङ भिलेज बैंक, शाङ्काई हुइमिन भिलेज बैंक, झेचेङ हुआङहुई कम्युनिटी बैंक र काइफेङ न्यू ओरिएन्टल ग्रामीण बैंकले निक्षेप फिर्ता दिएका छैनन् ।

     

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार