काठमाडौँ । नेपाल सरकारका गभर्नर महाप्रसाद अधिकारीमाथि महाफसाद आइलागेको छ । एमालेका एक नेताले नै गभर्नर अधिकार पार्टीको कार्यकर्ता भएको पुष्टि भएपछि उनी संकटमा पर्ने संकेत देखिएको हो ।
एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम. अधिकारी नाम उल्लेख भएपछी अहिले यो विषय चर्चामा छ । गभर्नर महाप्रसाद अधिकारी र विभागका प्रमुख घनश्याम भुसालले एम अधिकारी भनेको महाप्रसाद नभएको बताए ।
तर सोहि विभागका सदस्य देउकाजी गुरुङले भने एम अधिकारी भनेको महाप्रसाद नै भएको र उनी थुप्रै पटक विभागको बैठकमा समेत आएको दाबी गरेका छन् । ती सदस्यले महाप्रसाद अधिकारी सो विभागको बैठकमै आउने गरेको खुलासा गरेका छन् । गभर्नर अधिकारी प्रायः सबै बैठकमा आउने गरेको उनले दाबी छ ।
‘गभर्नर अधिकारी यसअघि पनि बैठकमा आउने गर्थे ।’ उनलाई उधृत गर्दै पोखराका एक स्थानीय संचारकर्मीले भने – ‘एम अधिकारी भनेको महाप्रसाद अधिकारी नै हो ।’ उनको ठहरसँगै अव यो विषय झनै पेचिलो भएको छ । यस अघि पनि अधिकारी सो विभागमा कार्यरत थिए ।