अमेरिकाले हानेको क्षेप्यास्त्रले ४० युक्रेनी ठहरै भएपछि…

अमेरिकाले हानेको क्षेप्यास्त्रले ४० युक्रेनी ठहरै भएपछि…


प्रहार न्युज
  • शनिबार, साउन १४ २०७९

  • काठमाडौँ – रुसी सेनालाई लक्षितगरी युक्रेनले प्रहार गरेको अमेरिकी क्षेप्यास्त्रले ४० युक्रेनीको मृत्यु भएको छ । रुसीको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दीको मृत्यु भएको हो ।

    उत्तः प्रहारबाट ७५ जना घाइते भएका छन् । यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छन् । ‘अमेरिका निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली (एचआईएमएआरएस) बाट ओलेनिभकाको बस्तीको क्षेत्रमा मिसाइल आक्रमण गरिएको थियो’, रुसी रक्षा मन्त्रालयले आफ्नो दैनिक ब्रिफिङमा भनेको छ ।

    उक्त क्षेत्रमा युक्रेनी सैन्य युद्धका कैदीहरू र एजोभ बटालियनका लडाकुहरू रहेको मन्त्रालयले जनाएको छ । बिफ्रिङमा अगाडि भनिएको छ, ‘आक्रमणका कारण ४० युक्रेनी युद्धबन्दीको मृत्यु भएको छ र ७५ जना घाइते भएका छन् ।’ कैदका ८ कर्मचारी पनि घाइते भएको जनाइएको छ ।

    यस्तै यता रूसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले रकेट आक्रमण गरी डोनबास क्षेत्रको ओलेनिभका नजिकैको पूर्व(परीक्षण हिरासत केन्द्रमा रहेका ४० युद्ध बन्दीलाई मारेको बताएको छ ।

    मन्त्रालयले ४० युक्रेनी युद्धबन्दी मारिएको र अन्य ७५ जना घाइते भएकोू बताएको छ । साथै, पूर्व(परीक्षण हिरासत केन्द्रका आठ कर्मचारीहरू पनि सो आक्रमणमा गम्भीर घाइते भएको, स्पुतनिकले मन्त्रालयलाई उद्धृत जनाएको छ । मन्त्रालयले सो आक्रमण आत्मसमर्पण गर्ने सोच बनाएका युक्रेनी सैनिकहरूलाई भयभीत पार्ने उद्देश्यले गरेको उत्तेजक उत्तेजना भनेको छ।

    त्यसैगरी युक्रेनले भर्खरै खेरसनस्थित एक महत्त्वपूर्ण पुलमा आक्रमण गरी यातायात बन्द गरेको छ । राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेको खेर्सन क्षेत्रमामा रहेको सो पुल पुनः निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    एन्टोनिभस्की पुल नदीको किनारमा खेरसनको महत्त्वपूर्ण शहर हो र रुसले नियन्त्रणमा लिएपछि नियुक्त नगर प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले रुसको आरआईए समाचार एजेन्सीलाई बताएअनुसार आक्रमणपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ ।

    युक्रेन र रुस अनाज आपूर्ति सम्झौतामा सहमत भएको एक दिन पछि सो आक्रमण भएको हो । पछिल्ला हप्ताहरूमा पश्चिमी देशहरूबाट आपूर्ति गरिएको लामो दूरीको तोपखानाको प्राप्तिसँगै उत्साहित युक्रेनी सेनाले रुसद्वारा नियन्त्रित दक्षिणी खेरसन क्षेत्र फिर्ता गर्न सङ्घर्ष गरिरहेको छ । (एजेन्सी)

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार