फाइटर जेटको सुरक्षासहित ताइवान पुगेकी अमेरिकी सभामुखमाथि आपत, विश्व नै तरंगित हुनेगरी चीनले चाल्यो कडा कदम !

फाइटर जेटको सुरक्षासहित ताइवान पुगेकी अमेरिकी सभामुखमाथि आपत, विश्व नै तरंगित हुनेगरी चीनले चाल्यो कडा कदम !


प्रहार न्युज
  • बुधबार, साउन १८ २०७९

  • एजेन्सी – अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् ।

    उनले ट्वीट गर्दै ताइवानको नेतृत्वसँग साझा हितका साथै हिन्त प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला क्षेत्रका रुपमा अगाडि बढाउन विषयमा हुने बताएकी छन् ।

    सभामुख पेलोसीले लेखेकी छन्, विश्वले निरंकुशता र लोकतन्त्रमध्ये एक विकल्प रोज्नुपर्ने बेलामा ताइवानी जनताका लागि अमेरिकी समर्थन अरुबेला भन्दा महत्वपूर्ण छ ।’ अमेरिकी सभामुख पेलोसीले सोमबार सिंगापुरबाट आफ्नो एसिया यात्रा थालेकी थिइन् । उनको ताइवान भ्रमणबारे केही बताइएको थिएन ।

    सभामुख पेलोसी ताइवान पुगेलगत्तै चीनले विश्व नै तरंगित हुनेगरी कदम चालेको छ ।न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएको छ ।

    चिनियाँ उप–विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको र गम्भीर परिणामहरूको चेतावनी दिए । उनले चीन चुपचाप नबस्ने बताए । मंगलबार ताइवान पुगेकी पेलोसीले राष्ट्रपति र संसदसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

    ‘ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अटल प्रतिबद्धता’लाई सम्मान गर्न चाहेको सभामुख पेलोसीले बताइन् । एसिया भ्रमणका क्रममा चीनको चेतावनीबीच पेलोसी ताइवानको राजधानी ताइपेय पुगेकी हुन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ । चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने वाचा गरेको छ । दशकपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् ।

    ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन । पेलोसीले बुधवार बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार