आउने चुनावमा एमाले पार्टीलाई नै जनताले पार्न सक्छन् ‘कोल्याप्स’, जनप्रिय मेयर हर्क सम्पाङविरुद्ध अब त यस्तो पो गर्न थाल्यो !

आउने चुनावमा एमाले पार्टीलाई नै जनताले पार्न सक्छन् ‘कोल्याप्स’, जनप्रिय मेयर हर्क सम्पाङविरुद्ध अब त यस्तो पो गर्न थाल्यो !


प्रहार न्युज
  • बुधबार, साउन १८ २०७९

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र धरान उपमहानरपालिकाका जनप्रिय हर्क साम्पाङबीच अहिले ठूलै मनमुटाव चलिरहेको छ । यहाँका जनताका अनुसार धरानमा एमालेका जनप्रतिनिधीहरुले निर्वाचित भएका दिन देखि नै मेयर हर्कको खुट्टा तान्दै आइरहेका थिए ।

    मेयर हर्क धरानका जनता मात्र नभई देशभरका जनजनको मनमनमा बसेका छन् । हर्क भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सि जिङ फिङ, अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उत्तर कोरियाली सर्वोच्च नेता कीम जोङ उन लगायत विश्वका बहुचर्चित र जनताका लागि मरिमेट्ने विश्व राजनेताहरुसँग तुलना भइरहेको छ । हर्क साम्पाङको कार्यशैली जनताले औधी मन पराइसकेका छन् ।

    यसैक्रममा नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउदै विज्ञप्ती नै निकालेर धम्काउन थालेको छ ।

    एमालेको यो कदम उसकै लागि प्रतिउत्पादक बन्न सक्ने टिप्पणी हुन थालेको छ । जनप्रिय मेयर हर्कलाई खेद्ने र असहयोग गर्ने क्रम एमालेले नरोके पार्टीले आउने चुनावमा नसोचेको धक्का खानुपर्ने टिप्पणी समेत हुन थालेको छ ।

    एमालेको धरान कमिटीका अध्यक्ष हर्कजंग एडेङले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति आप्पत्ति जनाएका हुन् ।

    एमालेको विज्ञप्तिमा भनिएको छ, ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो धरानबासीको गरिमा खस्किएको छ ।’

    साथै मेयरको कार्यालय भएको तोडफोडकोे जिम्मेवार पनि स्थानीय सरकार प्रमुख भएको एमालेले बताएको छ । पीडितहरुले उठाएको विषयमा गैरजिम्मेवार अभिव्यक्तिका कारण घटना भएको भन्दै एमालेले भनेको छ, ‘घटनापश्चात पनि सामाजिक सञ्जालमार्फत पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै विथोलिएको छ ।’

    बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपाललाई जोडेर पूर्व उपमेयर मञ्जु भण्डारी र सिंगो एमालेको बद्नाम गर्न खोजेको एमालेको आरोप छ । मेयर राईकै अभिव्यक्तिकै कारण संघर्ष समितिका संयोजकलाई जातिगत आक्षेप लगमउम्दे जातीय सद्भाव थिाल्न ओजिएको समेत एमालेले बताएको छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार