अमेरिकाको कदमले ताइवानमा त्रासः चीनले सबैतिरबाट घेर्यो, हवाई क्षेत्र र समुन्द्री मार्ग बन्द गरेर लाईभ फायर ड्रिल गर्दै (भिडियोसहित)

अमेरिकाको कदमले ताइवानमा त्रासः चीनले सबैतिरबाट घेर्यो, हवाई क्षेत्र र समुन्द्री मार्ग बन्द गरेर लाईभ फायर ड्रिल गर्दै (भिडियोसहित)


प्रहार न्युज
  • बुधबार, साउन १८ २०७९

  • काठमाण्डौँ । १९९६ पछि चीनले पहिलो पटक ताईवानलाई चारैतिरबाट घेरेर बिशाल सैन्य अभ्यास शुरु गरेको छ । ताईवानको सीमा नजिक ६ दिशाबाट चीनीया लडाकु विमानहरुले क्षेप्यास्त्र प्रहार गरीरहेका छन् भने युद्धपोतहरुले युद्धअभ्यासमा भाग लिएका छन् ।

    चीनले ताईवानको हवाई नाका र समुन्द्री मार्ग बन्द गरेको छ । अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसी ताईवान पुगेपछि क्रुद्ध बनेको चीनले ताईवानलाई मुख्य भूमिसँग एकीकरण गर्न सैन्य कार्बाही गर्न पनि पछि नपर्ने बताउदै आएको छ ।

    ताईवानको रक्षा मन्त्रालयले पनि चीनीया सेनाले ताईवानको समुन्द्री मार्ग र हवाई नाका बन्द गर्ने प्रयास गरिरहेको बताएको छ । यस युद्धअभ्यासमा चीनले हाल सम्मकै उसले विकास गरेको अत्याधुनिक स्टेल्थ फाईटल जेट जेएफ २० लगायत युद्धक विमानहरु सामेल गराएको छ । समुन्द्री किनारमा ठूलो संख्यामा सैन्य टैंकहरु समेत पुर्याएको छ ।

    ताइवान पुगेर के भनिन् सभामुख पेलोसीले ? अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आउनु भएकी उहाँले ताइवानी नेताहरूसँग आज भएको भेटमा उहाँले ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताउनुभयो ।

    राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उहाँले विश्वभरि लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गर्नुभयो । अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उहाँ उच्च अमेरिकी अधिकारी हुनुहुन्छ ।

    राष्ट्रपति साईले सभामुख पेलोसीले ताइवान भ्रमण गर्नुभएकामा आभार व्यक्त गर्नुभयो । उहाँले सभामुख पेलोसी ताइपइमा अवतरण गरेपछि मुख्यभूमि चीनबाट भएका सैन्य अभ्यास अनावश्यक प्रतिक्रिया भएका टिप्पणी गर्नुभयो ।

    कम्युनिस्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छभने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताएको छ । अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता पनि दिएको छ । साथै ताइवानसँग अनौपचारिक रक्षा सम्बन्ध र अन्य अमेरिकाले कायम नै राखेको छ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार