चुनावको मिति घोषणापछि माधव नेपालले खाए हार, नेताकार्यकर्ताहरुमा छायो निराशा !

चुनावको मिति घोषणापछि माधव नेपालले खाए हार, नेताकार्यकर्ताहरुमा छायो निराशा !


प्रहार न्युज
  • शुक्रबार, साउन २० २०७९

  • काठमाडौं । नेकपा एमाले फुटाएर नयाँ पार्टी खोलेका माधव कुमार नेपाल संकटमा र तनावमा रहेको र हरेस खाएको अभिव्यक्ती दिन थालेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले कहिलेकाहीँ त राजनीति छाडौं कि भन्ने लाग्छ भन्दै सार्वजनिक रुपमै हारको खाएको अभिव्यक्ती दिएपछि सो पार्टीका नेताकार्यकर्ता समेत निराश बनेका हुन् ।

    अध्यक्ष नेपालले मंसिर ४ गते हुने निर्वाचनमा पनि आफू उम्मेदवार बन्नैपर्ने भएको बताए। नउठे डरायो कि भन्ने बुझाइ हुनसक्ने उनको भनाइ छ। ’मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन। डराएछ कि क्या हो माधव नेपाल भन्ने हुनसक्छ,’ उनले भने। उनले आगामी निर्वाचनमा जित्नैपर्ने बताए। उनले विजयको शंख बजाएर जनताका बीच आउनुपर्ने बताए।

    नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो संकेत गरेका हुन् । उनले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताए । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उदघोष गरे ।

    उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए ।उनले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताए ।

    उनले भने, ‘मलाई कतिपय पत्रकार साथीहरुले एकदिन दिनुहोस न भनेर मागेका छन तर समय मिलाउन भ्याइरहेको छैन । एकदिन निकाल्न सकेको छैन । यो समय पाँच वर्षपछि मिल्ने हो कि जस्तो लागेको छ । अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाई हुनुपर्ला जस्तो लागिरहेको छ । धेरै बस्न पनि जरुरी छैन । ७० वर्षमा नै बिदा हुने भनेको हो तर राजनीतिक परिस्थितिले छोडन नै दिएको छैन । यसपटकको चुनावमा त लडनैपर्छ । जित्नैपर्छ । राजनीतिलाई एउटा मोडमा पु¥याउनै पर्छ । चुनावको मितिको घोषणा भइपनि सकेको छ । अबपनि चुनावमा नउठने भन्ने कुरा गर्नै भएन । डराएछ कि के हो माधव नेपाल भन्नेपर्ला । सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईहरुको बीचमा मैले फेरि आउनुपर्नेछ ।’

    अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने उदघोष गरे । उनले शुक्रवार पाँच दलीय गठबन्धनको तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिष्पर्धा गर्ने कुराको घोषणा हुने बताए । उहाँले अब तेस्रो शक्ति बनाउन पार्टीहरु एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी उक ठाउँमा हनुपर्ने आवश्यक्ता भएको बताए ।

    उनले भने, ‘गठबन्धन कायम रहन्छ कि रहँदैन भन्ने कुरा आउला, त्यसैले गठबन्धन कायम रहन्छ । हामी आगामी निर्वाचनमा गठबन्धन गरेर हामी भोलि गठबन्धन रहन्छ भनेर घोषणा गर्दैछौँ । हामी अर्को मोर्चा पनि बनाउन गइरहेका छौँ । तेस्रो शक्ति । तेस्रो शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, यी ४ पार्टी एक ठाउँमा गोलबन्दी हुन जरुरी छ । नेपाली काँग्रेसलाई हामी नै सबैथोक हौँ भन्ने परेको हुनसक्छ । यता एउटालाई त परेकै छ । मै हुँ सर्वेसर्वा भन्ने । यसले बिगारेको छ ।’

    अध्यक्ष नेपालले नेपाली काँग्रेसमा हामी नै सबैथोक हौँ परेको आशंका व्यक्त गर्दै अरु पार्टी पनि मैदानमा छन भन्ने सोच्न जरुरी रहेको बताए । उनले नेकपा एमालेप्रति इंगित गर्दै आफू सर्वेसर्वा हूँ भनिरहेको र यही प्रवृतिले देश बिगारीरहेको उल्लेख गरे ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार