चीनले ताइवानमा क्षेप्यास्त्र हानेपछि जंगियो महाशक्ति अमेरिका, विश्वभर बढ्यो त्रास !

चीनले ताइवानमा क्षेप्यास्त्र हानेपछि जंगियो महाशक्ति अमेरिका, विश्वभर बढ्यो त्रास !


प्रहार न्युज
  • शुक्रबार, साउन २० २०७९

  • काठमाडौं । अमेरिकाले चीनलाई ताइवानको सीमानामा तनाव बढाएर संकट ननिम्त्याउन चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीनको गतिविधि नरोकिए आगामी दिनमा संकट हुने बताएका हुन् । एन्टोनी ब्लिङ्कनले चीनले ताइवानीमा क्षेप्यास्त्र प्रहार गरेपछि आगामी दिनका लागि तनाव नबढाउन चेतावनी दिएको हो ।

    उनले चीनलाई ताइवानी सीमामा भइरहेको सैन्य अभ्यास तत्काल रोक्न र अबका दिनमालाई सहज बनाउन भनेको समाचार एजेन्सीहरुले बताएका छन् ।‘चीनको यस गतिविभिले चीन तथा यस क्षेत्रका कसैको पनि हित हुनेछैन । साथै अमेरिका अहिले पनि एक चीन नीतिको पक्षमा रहेको दोहोर्याउदछ,’ बिदेशमन्त्री एन्टोली ब्लिङ्कनले भने ।

    त्यस्तै अमेरिकी रक्षा मन्त्रालयले पनि चीनसँग तनाव बढाउने पक्षमा नरहेको उल्लेख गरेको छ । उता चीनले भने पछिल्लो परिस्थितिका लागि अमेरिका दोषी रहेको भन्दै सैन्य गतिविधि आवश्यक भएको निष्कर्ष निकालेको छ । चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलगत्तै चीनले ताइवानमा क्षेप्यास्त्र प्रहार गरेको हो ।

    बिहीबार देखि नै चीनले ताइवान आसपासको जल तथा उडान क्षेत्रमा युद्ध अभ्यास गरिरहेको छ । यो अभ्यास सोमवारसम्म चल्ने निनियाँ पक्षले जनाएको छ । चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्र प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

    यो सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ । दक्षिणपूर्वी एसियाली देशहरुको समूह (आसियान) ले एक विज्ञप्ति निकालेर चीन र अमेरिका दुवैलाई अधिकतम संयमता देखाउन आग्रह समेत गरेको छ। चीनले आसियन मुलुकहरु तथा दक्षिणपूर्वी एसियाली देशहरुसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो प्रयास रहने जनाएको छ । -एजेन्सी

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार