अन्ततः नारायणकाजी श्रेष्ठ बने माओवादी केन्द्रको अध्यक्ष

अन्ततः नारायणकाजी श्रेष्ठ बने माओवादी केन्द्रको अध्यक्ष


प्रहार न्युज
  • शनिबार, साउन २१ २०७९

  • काठमाडौं– नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा आफ्नो उत्तराधिकारी नै नभएको दाबी गर्दै आएका थिए । प्रचण्डले आफू देश बाहिर जादा समेत विरलै कार्यवाहक अध्यक्ष बनाउछन् ।

    तर यसपटक भने प्रचण्डले कार्यवाहक अध्यक्ष बनाएका छन् । प्रचण्ड जापान पुगेका छन्। शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका प्रचण्ड बिहान टोकियोस्थित नारिता विमानस्थलमा अवतरण भएका हुन्।

    प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले विमानस्थलमा स्वागत गरे। नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन उनी वायुसेवा निगमको जहाजमार्फत् प्रचण्ड जापान पुगेका हुन्।

    प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने छन्। अगस्ट ६ (शनिबार) मा हिरोसिमा घटना भएको ७५ पूरा हुन्छ।

    आइतबार प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने छन्। भने सोही दिन नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधारस् आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्।

    जापानमा रहँदा जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्ड जापान भ्रमणमा रहँदा नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार