चुनावको मिति घोषणाको ४८ घण्टा नबित्दै प्रधानमन्त्री देउवाको प्रस्ताव पत्नी आरजुले गरिन् ठाडै अस्वीकार, अब के होला ?

चुनावको मिति घोषणाको ४८ घण्टा नबित्दै प्रधानमन्त्री देउवाको प्रस्ताव पत्नी आरजुले गरिन् ठाडै अस्वीकार, अब के होला ?


प्रहार न्युज
  • शनिबार, साउन २१ २०७९

  • काठमाडौं । देश चुनावमा होमिएको छ । पार्टीका शीर्ष तहका नेता देखि तल्लो तहका नेताहरु आ–आफ्नो रणनीतिमा लागेका छन् । आसन्न चुनावमा पनि पाँच दलिय गठबन्धन एकातिर एमाले एक्लै अर्कोतर्फ देखिएको छ ।

    यसैबीच, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा शीर्ष नेताहरु को ? कहाँबाट चुनाव लड्ने भन्ने विषय आम चासोको विषय बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक पत्नी डा. आरजु राणा देउवालाई आफ्नो निर्वाचन क्षेत्र डडेलधुराबाट चुनाव लड्न आग्रह गरेका छन् । तर, आरजुले भने आफू डडेलधुरा नजाने बताएको स्रोतको दाबी छ ।

    कांग्रेसनिकट उच्च स्रोतले भन्यो,‘यसपटक सभापतिज्यूले आफ्नो धर्मपत्नी आरजुलाई डडेलधुराबाट चुनाव लड्न आग्रह गर्नुभएको छ, उहाँले जसरी पनि आरजुलाई जिताएर ल्याउने भन्दै यस्तो गर्नुभएको छ ।

    तर, आरजुले भने बर्दिया–२ बाट चुनाव लड्ने तयारी गर्नुभएको छ ।’ आगामी निर्वाचनपछि सरकारको नेतृत्व लिनेगरि आरजुले तयारी थालेको चर्चाको बीच उनी निर्वाचन जित्ने सुनिश्चित् भएको सेफ जोनको खोजीमा लागेकी छिन् ।

    उनले आफ्नो माइतीको पुर्खौली जिल्ला बदिया ताकेको चर्चा चलेको छ । उनले बर्दिया २ बाट यसपटक उम्मेद्धवारी दिने तयारी गरेकी छिन् । यो क्षेत्रबाट ०७४ मा सन्तकुमार थारुले चुनाव जितेका थिए ।

    सभापति देउवाले भने आफू आरजुलाई डडेलधुरा छोडेर कैलाली वा कञ्चनपुर आउन तयार रहेको बताएका थिए । तर, आरजुले नै डडेलधुरा छोडेर बर्दिया रोजेपछि अहिले कांग्रेस शीर्ष नेताहरु सोहीअनुसार छलफलमा जुटेका छन् ।

    देउवाले आरजुलाई पार्टी र सरकार दुवैमा फष्ट पोष्टमा पुर्याउनेगरि मुभ गरेका छन् । चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि आरजुको नेतृत्वमा आलोपालो सरकार बनाउनेसम्मको सहमति भएको चर्चा चल्नु र चुनाव जित्नको लागि आरजुले सेफ जोन खोज्नु संयोगमात्रै हो कि नियोजित भन्ने चुनावपछि थाहा हुनेछ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार