ज्ञानेन्द्र शाही र रामकुमारी झाक्रीले लड्ने निर्वाचन क्षेत्रको पनि लाग्यो टुंगो !

ज्ञानेन्द्र शाही र रामकुमारी झाक्रीले लड्ने निर्वाचन क्षेत्रको पनि लाग्यो टुंगो !


प्रहार न्युज
  • सोमबार, साउन २३ २०७९

  • काठमाडौं । देश संघ र प्रदेशको चुनावमा होमिएसँगै दलका नेताहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । यसैबीच, केही नेता जो सेलिब्रेटी जत्तिकै चर्चित छन् तिनीहरुले उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।

    यसैबीच, चर्चित सामाजिक अभियान्ता एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता र पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी सचिव राम कुमारी झाक्रीले पनि आफूले लड्ने क्षेत्रको टुंगो लगभग लगाएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता शाहीले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।

    ‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी हुने उनले बताएका छन् ।

    एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।

    जुम्ला नै किन ? आफूलाई समर्थकहरूबाट काठमाडौं २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको शाही बताउँछन् । उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् ।

    शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको उनी बताउँछन् । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ ।

    यस्तो कमजोर स्थानमा पनि किन चुनाव लड्न लागेको भन्ने प्रश्नमा शाही भन्छन्, ‘जुम्ला मेरो जनमभूमि हो । त्यसको ऋण तिर्नु छ । जुम्लाका सुख(दुःखसँग जीवन साट्नुछ । जुम्ली जनताले हराए पनि जिताए पनि स्वीकार्य छ । ‘

    भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउँदाउठाउँदै चर्चामा आएका शाहीले आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँथे । उनले ‘नेपालका लागि नेपाली’ अभियानबाट गतिविधि गर्दै आएका थिए । बेलाबेला झमेलामा समेत पर्ने गरेका उनलाई अभियाने २०७६ मंसिर ११ मा निष्कासित गरेको थियो ।

    २०७८ फागुन ६ गते उनी राप्रपामा प्रवेश गरेका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य छन् । राप्रपाका पाँच जना प्रवक्ता मध्येका एकजना शाही पनि हुन् ।

    यस्तै यता एक चर्चित अनलाइनसँगको कुराकानीमा झाक्रीले पनि आफू गुल्मी २ बाट चुनाव लड्ने लगभग पक्का भएको र गठबन्धनमा कसरी सुहमती हुन्छ त्यसलाई मध्यनजर गरिरहेको बताएकी छन् ।

    उनी भन्छिन्, ‘पटकको निर्वाचनमा मेरो नाम समानुपातिक सूचीमा समावेश हुने छैन। म प्रत्यक्षनै उठ्ने हो। मैले काम गरेको इलाका वा अपनत्व भएको ठाउँ र मेरा अभिभावकहरु भएको स्थान गुल्मी क्षेत्र नम्बर २ हो। त्यहाँबाट चुनाव लड्नुपर्छ भन्ने दबाब ममाथि छ। काठमाडौँबाट पनि कुरा भइरहेको छ। मेरा लागि प्राथामिकता गुल्मी नै हो। अर्को विकल्प भनेको काठमाडौँ हो। गठबन्धनमा कसरी सहमति हुन्छ त्यलाई पनि कुर्नुपर्ने स्थिति छ।’

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार