तात्यो देउवा सरकार, युद्धरत युक्रेनसँग धमाधम गर्न थाल्यो यस्तो व्यापार !

तात्यो देउवा सरकार, युद्धरत युक्रेनसँग धमाधम गर्न थाल्यो यस्तो व्यापार !


प्रहार न्युज
  • मंगलबार, भाद्र ७ २०७९

  • एजेन्सी । गत फेब्रुअरी महिनादेखि युुक्रेनले शक्तिशाली छिमेकी देश रसियासँग लडाई लडिरहेको छ । युुक्रेन–रसिया युद्धले विश्वभर महँगी बढाएको र आपूर्ति प्रणालीमा नै असर पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

    नेपालको भने रसिया र युक्रेन दुबै देशसँग व्यापारिक सम्बन्ध छ । युद्धमा भिडिरहेको युक्रेनले नेपालबाट अगरबत्ती सहित १५ प्रकारका वस्तु खरिद गरेको तथ्यांकले देखाएको छ ।

    भन्सार विभागका अनुसार नेपालबाट १९ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु युुक्रेन निर्यात भएको छ । त्यसमध्ये ३७ हजार रुपैयाँ बराबरको अगरबत्ती पनि निर्यात भएको हो । यो तथ्यांक गत आर्थिक वर्षको हो । नेपालबाट युुक्रेनमा ग्रिन टी, यार्सागुम्बा, फेल्ट, कार्पेट लगायतका वस्तु निर्यात भएको छ ।

    यस्तै, नेपालले युुक्रेनबाट २१ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । युक्रेनबाट नेपालमा आयात हुने प्रमुख वस्तुहरुमा कच्चा सनफ्लावर सूर्यमूखी तेल, कच्चा सोयाविन तेल लगायत पर्छन् ।

    युक्रेनबाट नेपालमा १५ अर्ब रुपैयाँ बराबरको कच्चा सनफ्लावर तेल तथा ८८ करोड रुपैयाँ बराबरको कच्चा सोयाविन तेल आयात भएको छ । गत आर्थिक वर्षमा युक्रेनबाट ५२ प्रकारका वस्तु आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

    यता युक्रेन युद्ध अझै रोकिएको छैन् । रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ। छ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ।

    युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन्।

    युक्रेनका कमाण्डर-इन-चीफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन् । ती मध्ये कतिपय त मारिका छन् । बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धका बीच यही बुधवार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ।

    मस्कोको सेनाले राजधानी कीभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ। छ महिनादेखि जारी रुस-युक्रेन युद्धले ऊर्जा-इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ।

    यसै बीच रुसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ। सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्याण्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारप्रति समवेदना सन्देश पठाउँदै घृणित अपराधू को निन्दा गरेका छन्।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार