भारतको प्रधानमन्त्री बन्न कस्सिए केजरीवाल, अतालिए मोदी !

भारतको प्रधानमन्त्री बन्न कस्सिए केजरीवाल, अतालिए मोदी !


प्रहार न्युज
  • मंगलबार, भाद्र ७ २०७९

  • एजेन्सी – सीबीआईले दिल्लीका उप–मुख्यमन्त्री मनीष सिसोदियाको घरमा छापा मारेको एक दिन पछि सिसोदियाले पत्रकार सम्मेलन गरेका छन् । त्यस क्रममा उनले मोदी सरकारको आलोचना गर्दै सन् २०२४ को आम–निर्वाचन मूलतः अरविन्द केजरीवाल भर्सेस वर्तमान प्रधानमन्त्री मोदी हुने बताए ।

    सीआईबीले सिसोदियाको घरमा १४ घण्टासम्म खान–तलासी गरेको थियो । सिसोदियाले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर उनीविरुद्धको अन्तःशुल्क घोटाला मुद्दा मुख्यमन्त्री अरविन्द केजरीवालको विकास योजना रोक्न भाजपाको प्रयास भएको बताएको छ ।

    ‘उनीहरू अरविन्द केजरीवाललाई रोक्न चाहन्छन् । केजरीवालले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको कामको संसारभर चर्चा हुन थालेपछि उनीहरु आत्तिएका छन्,’ सिसोदियाले शनिबार पत्रकार सम्मेलनमा बोल्ने क्रममा भने ।

    केजरीवाल राष्ट्रिय स्तरमा मोदीको विकल्पको रूपमा देखा परेको कुरामा जोड दिँदै सन् २०२४ को लोकसभा चुनाव मुलत प्रधानमन्त्री नरेन्द्र मोदी र केजरीवालबीचको भिडन्त हुने दाबी उनले गरे । मोदीलाई केजरीवालबीचको भिन्नता उल्लेख गर्दै सिसोदियाले भने ‘केजरीवालले आम मानिसका लागि काम गर्छन् भने मोदीले धनीका लागि मात्र काम गर्छन् ।’

    ‘उनीलाई ठूलठूला घोटालाको बारेमा चिन्ता छैन, एउटै चिन्ता छ अरविन्द केजरीवाल राष्ट्रिय विकल्पको रूपमा उठे, अब आफूलाई गार्हो हुने भयो भन्ने ’ सिसोदियाले भने ।

    ‘मोदीजीले सधैं कुनै न कुनै राज्य सरकारलाई ढाल्ने षडयन्त्रमा व्यस्त हुनुहुन्छ । उनी देशको प्रधानमन्त्री भएपछि त देशको लागि काम गर्न व्यस्त हुनुपर्ने हो । तर मोदी जसले राम्रो काम गरिरहेको छ, तिनकै पछि लाग्छन् । हाम्रो राज्यको स्वास्थ्य मन्त्रीले राम्रो काम गरिरहेका थिए, उनी पक्राउ परे । मैले शिक्षा मन्त्रीको हैसियतमा राम्रो काम गरिरहेको छु, अब उनी मलाई पक्राउ गर्न चाहन्छन् ,’ सिसोदियाले भने ।

    सिसोदियाले आगामी ३–४ दिनमा सीबीआई अधिकारीले उनलाई पक्राउ गर्न सक्ने बताए । ‘विश्वभर प्रशंसित स्वास्थ्य र शिक्षाका कामलाई निशाना बनाइनु संयोग होइन । उनीहरुले दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पक्राउ गरे । अब तीन–चार दिनमा मलाई गिरफ्तार गर्नेछन् ,’ उनले भने ।

    सिसोदियाले उनी हाल विवादमा तानिएको दिल्ली अन्तःशुल्क नीति २०२१–२२ को प्रतिरक्षा गर्दै नीति पूर्ण पारदर्शिताका साथ लागू गरिएको र त्यसमा कुनै घोटाला नभएको बताए ।

    ‘यो उत्कृष्ट अन्तःशुल्क नीति हो । यदि अनिल बैजलले अन्तिम ४८ घण्टामा अन्तःशुल्क नीति परिवर्तन नगरेको भए दिल्लीले १०,००० करोड भारु राजस्व प्राप्त गर्ने थियो,’ दिल्लीका शिक्षामन्त्री रहेका सिसोदियाले दाबी गरे । सिसोदियाले आफू केजरीवालको क्याबिनेटमा शिक्षा मन्त्री हुनु नै भाजपाको नजरमा अपराध भएको बताए ।

    ‘समस्या मदिरा÷अन्तशुल्कमा भएको घोटाला होइन । तिनीहरूको समस्या अरविन्द केजरीवाल हो । मेरो विरुद्धको कारबाही, मेरो निवास र कार्यालयमा छापा मार्नु, उनलाई रोक्नको लागि हो । म कुनै भ्रष्टाचार गतिविधिमा संलग्न छैन । म त केवल अरविन्द केजरीवाल शिक्षा मन्त्री हुँ,’ सिसोदियाले भने । इण्डिया टुडेबाट

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार