दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्ने ट्रम्पको सपना चकनाचुर, ५ वर्षको जेल सजाय !

दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्ने ट्रम्पको सपना चकनाचुर, ५ वर्षको जेल सजाय !


प्रहार न्युज
  • शनिबार, भाद्र ११ २०७९

  • एजेन्सी – अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि सरकारका गोप्य दस्ताबेज घरमा राखेको आरोप लागेको छ। अमेरिकाको संघीय अनुसन्धान ब्यूरो एफबीआइले ट्रम्पको घरमा छापा मार्दा सरकारका गोप्य दस्तावेजहरु राखेको पाइएको बताएको हो।

    यसले अमेरिकी गोपनियता सम्बन्धी कानून उल्लंघन गरेको एफबीआइको आरोप छ। एफबीआइ अधिकारीका अनुसार ट्रम्पको घरमा १४–१५ बाकसमा सरकारी दस्तावेजहरु राखिएको पाइएको छ। जसमध्ये २५ दस्ताबेज निकै महत्वपूर्ण र अति गोप्य छन्।

    यी दस्ताबेजहरुलाई पुराना अखबार तथा म्यागेजिनमा लुकाएर राखेको पाइएको छ। यसअघि ट्रम्पको फ्लोरिडामा रहेको घरमा पनि प्रहरीले छापा मारेको थियो।

    ट्रम्पले गोप्य दस्ताबेज राखेको आरोपमा उनलाई ५ वर्षसम्मको कैद सजाय हुन सक्ने वकिलहरूले बताएका छन्। यसरी दस्ताबेज घरमा राख्नु संघीय कानूनको उल्लंघन भएको र यो माफी योग्य घटना नभएको जानकारहरुको भनाइ छ।

    ट्रम्पले आफ्नो कार्यकाल समाप्त भएसँगै राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बाहिरिने क्रममा गोप्य जानकारीसहितका कागजात लिएर गएका थिए। ती कागजात फिर्ता गर्नका लागि गरिएका प्रयास असफल भएपछि न्यायमन्त्रालयको आदेशमा एफबिआईले छापा मारेको थियो।

    अमेरिकी कानुन अनुसार राष्ट्रपतिले आफ्नो कार्याकाल समाप्त भएसँगै सम्पूर्ण कागजात अभिलेख विभागलाई बुझाउनु पर्छ। तर ट्रम्पले त्यसो गरेका थिएनन्। यता ट्रम्पले भने यो घटनालाई आफूलाई आगामी राष्ट्रपतिको उम्मेदवार हुनबाट रोक्ने प्रपञ्चका रुपमा अथ्र्याएका छन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार