बालेन स्टाइलमै अघि बढे केजरीवाल, मात्र ९ सेकेन्डमा ध्वस्त गरिदैछ भारतकै सबैभन्दा अग्लो यो अवैध ‘ट्वीन टावर’ ! (हेर्नुस् लाइभ भिडिओसहित)

बालेन स्टाइलमै अघि बढे केजरीवाल, मात्र ९ सेकेन्डमा ध्वस्त गरिदैछ भारतकै सबैभन्दा अग्लो यो अवैध ‘ट्वीन टावर’ ! (हेर्नुस् लाइभ भिडिओसहित)


प्रहार न्युज
  • आइतबार, भाद्र १२ २०७९

  • एजेन्सी । काठमाडौं महानगरपालिका मेयर बालेन साह अवैध संरचनामा भकाभक डोजर चलाइरहेका छन् । यसैबीच, दक्षिण छिमेकी भारतको राजधानी दिल्लीबाट अवैध भवन भत्काउन लागिएको खबर बाहिरिएको छ । अहिले दिल्लीमा अरविन्द केजरीवाल मुख्यमन्त्री छन् । यो खबर बाहिरिएपछि धेरैले बालेन स्टाइलमै केजरीवाल अघि बढेको भन्दै नेपालमा सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।

    भारतको ट्वीन टावरका रुपमा चिनिएका नोएडाका २ वटा विशाल भवन आज भत्काइँदैछ । नोएडाको सेक्टर ढघब् को सुपरटेक टावरलाई सर्वोच्न अदालतको आदेशपछि भत्काउन लागिएको हो ।

    १०० मिटरभन्दा अग्लो दुवै टावर खस्न १२ सेकेण्ड मात्र लाग्नेछ । बिहान ७ बजे आसपासको सोसाइटीमा बसोबास गर्ने करिब ७ हजार मानिसलाई विष्फोट जोनबाट हटाइएको छ । अब ट्विन टावर नजिक जान सबैलाई प्रतिबन्धित गरिएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार अहिले ट्विन टावर नजिक प्रहरी मात्रै तैनाथ छन् । दिउँसो १ बजे डेढ किलोमिटरको दायरा भित्रका सबैलाई हटाइनेछ । त्यहाँ भत्काउने टोली मात्र उपस्थित हुनेछ ।

    यसरी ध्वस्त पारिनेछ भवनः दिउँसो २ः३० बजे, डिमोलिसन एक्सपर्ट चेतन दत्तले कालो बक्समा जोडिएको ह्यान्डललाई १० पटक घुमाउनेछन् । यसपछि यसमा जडान गरिएको रातो बल्ब झिम्काउन थाल्छ । यसको मतलब चार्जर विस्फोट गर्न तयार छ । यसपछि दत्तले हरियो बटन थिच्नेछन् । यसले चारवटा डेटोनेटरसम्म विद्युतीय तरंग निम्त्याउनेछ । यसपछि ९ देखि १२ सेकेण्डमा भवनमा एकपछि अर्को विष्फोट हुनेछ ।

    विस्फोट हुँदा ३२ तले भवन भग्नावशेषमा परिणत हुनेछ । कुतुबमिनारबाट ट्वीन टावरबाट ठ्याक्कै ९ मिटर टाढा छ । यहाँ ६५० फ्ल्याटमा लगभग २५०० मानिसहरू बस्छन् । यहाँका जनता सबैभन्दा बढी पीडित छन् ।

    ट्विन टावर भत्काउने जिम्मा एडिफिस नामको कम्पनीले पाएको छ । आयोजना प्रबन्धक मयुर मेहताको निगरानीमा यो काम भइरहेको छ । भवनमा ३ हजार ७ सय केजी बारूद भरिएको उनीहरुको भनाइ छ । पिलरहरुमा लामो प्वालहरू बनाई बारूदले भरिनेछ । ‘फ्लोर टु फ्लोर’ जडान पनि गरिएको छ ।

    ३१ अगस्त २०२१ मा, सर्वोच्च अदालतले नोएडा सेक्टर ९३ ए मा निर्मित ट्विन टावरहलाई गैरकानूनी घोषित गर्दै भत्काउने आदेश दिएको थियो । ट्विन टावर छेउमा रहेको सोसाइटीका आरडब्लुएले ती टावरहरु अवैध रुपमा निर्माण भएको भन्दै अदालतमा उजुरी दिएका थिए ।

    सर्वोच्च अदालतले नियम बनाउनमा बेवास्ता गरेको स्वीकार गरेको थियो । नोएडा प्राधिकरणका अधिकारीहरूले निर्माणको क्रममा भ्रष्टाचार गरेको पर्दाफास पनि भएको छ । जसबाट धेरै अधिकारी निलम्बित समेत भएका छन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार