प्रहरी चुकेकै हो ? सन्दिप लामिछाने पहिलो बलमै बोल्ड आउट हुने सम्भावना घट्यो ह्वात्तै, उठ्यो गम्भीर प्रश्न

प्रहरी चुकेकै हो ? सन्दिप लामिछाने पहिलो बलमै बोल्ड आउट हुने सम्भावना घट्यो ह्वात्तै, उठ्यो गम्भीर प्रश्न


प्रहार न्युज
  • बुधबार, भाद्र २२ २०७९

  • काठमाडौं । छोटो समयमै चर्चा र सफलताको शिखरमा पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि लागेको आरोपले उनको करिअर नै धरापमा पर्ने खतरा ह्वात्तै बढेको छ ।

    मंगलबार १७ वर्षकी किशोरीले आफूलाई लामिछानेले होटलमा लगेर पटक पटक बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

    प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिने तयारी अगाडि बढाइसकेको छ। उनी क्यारेबियन प्रिमियर लिग खेल्न गएका छन् । क्रिकेटर सन्दिप लामिछाने नेपाल नफर्किए के हुन्छ भन्नेबारे ख्यालै नगरी प्रहरीले उनीविरुद्ध बलात्कार अभियोगमा जाहेरी परेको सार्वजनिक गरेको छ ।प्रहरीको यो कदमले सन्दिपले जघन्य अपराध गरेको भए उनी उतै लुकिछिपी बस्न सक्ने सम्भावना बढेको छ ।

    सन्दिपले लुकेर उतै बस्न चाहेको खण्डमा प्रहरीको असावधानी ठहरिने तर्क आइरहेका छन् । सन्दिपले यदि त्यसो गरेको खण्डमा उनलाई प्रहरीले पहिलो बलमै बोल्ड आउट यानकी समात्न सक्ने छैन् ।

    उसो त उनी रहेको देशको स्थानीय प्रहरी वा इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी भइसकेको बताएपनि इन्टरपोलको सहयोगमा अपराधीहरुलाई नेपाल सजिलै ल्याउन नसकेका कयौ उदाहरण रहेका छन् ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन लामिछाने हाल क्याराबियन प्रिमियर लिग क्रिकेट (सीपीएल) खेलका क्रममा जमैकामा छन् ।टी–२० क्रिकेट खेल्न नेपाली टोलीको नेतृत्व गर्दै उनी ६ भदौमा केन्या गएका थिए ।

    केन्याबाटै लामिछाने जमैका गएका हुन् । लामिछानेविरुद्ध केन्या प्रस्थान गर्नु एक दिनअघि ५ भदौको राति आफुमाथि बलात्कार गरेको भन्दै १५ वर्षीया किशोरीले मंगलबार गौशाला प्रहरीमा उजुर दिएकी थिइन् । उजुरीमा लामिछानेले आफूलाई दिनभर भक्तपुरको नगरकोट घुमाएर राति एयरपोर्ट छेउको एक होटलमा लगी पटकपटक बलात्कार गरेको उल्लेख छ ।

    काठमाडौं प्रहरी परिसरले बुधबार विज्ञिप्ति जारी गर्दै ‘वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (ओसीएमसी) पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइएको बताएको छ ।

    यस्तै यता क्रिकेटर लामिछाने सिनामंगलको होटल इनमा छिरेको भेटिएको छ । प्रहरीले प्रमाण संकलनका क्रममा होटल इनको सिसिक्यामेरा फुटेजको जाँच गरेको स्रोतले बतायो ।

    उक्त दिन लामिछाने र पीडित बालिका होटलभित्र छिरेको फुटेजमा देखिएको प्रहरीले बताएको छ । पीडित बालिकाले त्यहाँ लगेर लामिछानेले पटक पटक बलात्कार गरेको आरोप लगाएकी छन्। प्रहरीले उक्त फुटेजको अनुसन्धान समेत थालेको छ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार