कुलमानले ‘पहिला हाम्रो २ अर्ब बिल तिर्नुस् अनि हामि कर तिर्छौ’ भनेपछि बालेन पनि के कम ? गरे काउन्टर अट्याक !

कुलमानले ‘पहिला हाम्रो २ अर्ब बिल तिर्नुस् अनि हामि कर तिर्छौ’ भनेपछि बालेन पनि के कम ? गरे काउन्टर अट्याक !


प्रहार न्युज
  • बिहिबार, भाद्र २३ २०७९

  • काठमाडौं । अहिले काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच जुहारी नै चलेको छ । कामनपा मेयर बालेन साहले सम्पत्ति कर १४ करोड रुपैयाँ तिर्नुपर्ने मौखिक हिसाब निकालेपछि विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङले महानगरको पनि २ अर्ब रुपैयाँ विद्युत् बक्यौता रहेको दाबी गरेको छ । पहिला त्यो रकम तिर्न भनेपछि महानगरका तर्फबाट बालेनले कुलमानलाई काउन्टर दिएका छन् ।

    प्राधिकरणका अर्थ निर्देशनालय प्रमुख लोकहरी लुईंटेलले काठमाडौं महानगरको नाममा २ अर्ब रुपैयाँ बक्यतौ देखिएको बताए । उक्त रकम महानगर क्षेत्रमा राखिएको सडक बत्तीको भएको लुईंटेलको दाबी छ । महानगरले ०७३/०७४ सालदेखि सडक बत्तीको बिल भुक्तानी नगरेको उनले बताए । त्यसअघि नेपाल सरकारले सबै स्थानीय तहको विद्युत् बक्यौता तिरिदिएको लुईंटेलले बताए । हाल देशभरका स्थानीय तहको विद्युत् बक्यौता ५ अर्ब रुपैयाँ रहेको लुईंटेलले जनाए ।

    प्राधिकरणले विद्युत् महसुल बाकी रहेको बताए पनि काठमाडौं महानगरपालिकाले भने इन्कार गरेको छ । महानगरपालिकाले हचुवाको भरमा प्राधिकरणले चुहावटलगायत अन्य हिसाब महानगरको नाममा बक्यौता राखिदिएको दाबी गरेको छ ।

    काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) नेपाल विद्युत प्राधिकरणलाई फेरि जवाफ फर्काउदै काउन्टर अट्याक गरेका छन् । बालेनले कर र महसुल फरक कुरा भएको भन्दै करलाई महसुलमा कट्टा गरेर साथी साथीबीचको सापटी लेनदेन जसरी मिलान गर्न नसकिने बताएका छन् ।

    मेयर शाहले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै महानगरलाई तिर्नुपर्ने कर बिजुलीको उपभोगवापतको महसुलमा कट्टा गरिने कुरा स्वीकार्य नहुने समाजिक सञ्जालमार्फत चेतावनी दिएका हुन् ।

    ‘समाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘कर र महसुल फरक कुराहरू हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुई जना साथीहरूको सापटी रकम जसरी मिलान गर्न सकिँदैन। ‘नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ’

    मेयर बालेनको फेसबुक स्टाटसः काठमाडौँ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्यहोरा अनुरोध छ ।

    १) काठमाडौँ महानगरपालिका काठमाडौ महानगरबासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ । जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ ।

    २) नेपाल बिद्युत् प्राधिकरणले काठमाडौ महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तिको रकम भनिएको छ । कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौ महानगरपालिको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो ।

    ३) महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरबासीको रगत पसिनासँग जोडिएको छ । जनताले तिर्नु भएको कर, शुल्क जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट संम्बन्धीत निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संबैधानिक निकायहरुबाट यसको लेखापरिक्षण गरिन्छ । यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नु पर्ने दायित्व रहन्छ ।

    ४) सडक बत्ति महानगरबासीले प्रयोग गर्ने हो । महानगरक्षेत्रबाट नेपाल बिद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ । यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छररहदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्दछ, सो बिषयमा नेपाल बिद्युत् प्राधिकरण आफै जानकार छ ।

    ५) सार्वजनिक मठ मन्दिर, सडकबत्ति, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तिको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ ।

    योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरु हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिँदैन । नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदछौँ ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार