युक्रेनी जनताका रियल हिरो राष्ट्रपति जेलेनेस्कीको चट्टानी अडानले गरिदियो कमाल, रुसले स्वात्तै निलेको युक्रेनी भूमि अन्ततः भयो फिर्ता !

युक्रेनी जनताका रियल हिरो राष्ट्रपति जेलेनेस्कीको चट्टानी अडानले गरिदियो कमाल, रुसले स्वात्तै निलेको युक्रेनी भूमि अन्ततः भयो फिर्ता !


प्रहार न्युज
  • शनिबार, भाद्र २५ २०७९

  • काठमाडौं । युक्रेनी जनताका मनमुटुका ढुकढुकी राष्ट्रपति भ्लादिमिर जेलेनेस्कीको चट्टानी अडानले कमाल गरिदिएको छ । रुसले निलेको युक्रेनी भूभाग फिर्ता भएको खबर छ ।

    युक्रेनले गत हप्ता रुसबाट आफ्नो दक्षिण र पूर्वमा १,००० वर्ग किलोमिटर (३८५ वर्ग माइल) भन्दा बढी क्षेत्र रुसबाट फिर्ता लिएको जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभ क्षेत्रमा ३० भन्दा बढी बस्ती मुक्त गरिएको बताएका छन् ।

    खार्किभ क्षेत्रमा रुसका शीर्ष कब्जा अधिकारीले युक्रेनी सेनाले “महत्वपूर्ण विजय“ जितेको स्वीकार गरे । भिटाली गान्चेभले रुसी टिभीलाई युक्रेनीहरूले रुसी रक्षा रेखा तोडेको बताए । उनले रुसी नियन्त्रणमा रहेको खार्किभको सबैभन्दा महत्वपूर्ण सहरी केन्द्र कुपियान्स्क र अन्य दुई सहरबाट सर्वसाधारणलाई बाहिर निकालिएको बताए ।

    यसैबीच, यता जर्मन विदेश मन्त्री एनालेना बेरबक शनिबार आकस्मिकरूपमा कीभ आइपुगेकी छिन् । सो भ्रमणको मुख्य उद्देश्य रुस विरुद्धको युद्धमा युक्रेनलाई बर्लिनको अटल समर्थन प्रदर्शन गर्नु रहेको बताइएको छ ।

    “उनीहरू हामीमाथि भर पर्न सक्छन् भनेर देखाउन म आज कीभको यात्रामा निस्केकी छु। हामी हतियारको डेलिभरी, मानवीय र आर्थिक सहयोगका साथ आवश्यक भएसम्म युक्रेनको साथमा उभिनेछौं,“ मन्त्रीले थपिन् ।

    पछिल्ला हप्ताहरूमा जर्मनीले कीभमा होविट्जर, रकेट लन्चर र एन्टी–एयरक्राफ्ट मिसाइलहरू पठाएको छ। यसै बीच पचास करोड युरोभन्दा बढीको थप सैन्य सहायता प्याकेजमा एन्टी–एयरक्राफ्ट सिस्टम, पिक–अपमा राखिएका रकेट लन्चरहरू र एन्टी–ड्रोन उपकरणहरू जस्ता भारी हतियारहरू पनि रहेका छन्।

    यस हप्ताको शुरुमा बर्लिनले नेदरल्यान्ड्ससँग युक्रेनी सैनिकहरूलाई डिमाइनिङको तालिम दिने बताएको थियो। मन्त्री बेरबकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पीडाप्रति सहानुभूति देखाएजस्तो गर्न थालेका छन् हामीलाई त्यसको भरोसा छैन।

    “उनी सोच्छन् कि यस।तो कदमले हाम्रो समाजलाई झुटले विभाजित गर्न सक्छ र हामीलाई ऊर्जा वितरणको बहानामा ब्ल्याकमेल गर्न सकिन्छ । “ मन्त्रीले थपिन् । “यस्तो सहानुभूतिले काम गर्नु हुँदैन र काम गर्दैन पनि। किनभने सबै युरोपलाई थाहा छ कि युक्रेनले हाम्रो शान्तिको रक्षा गरिरहेको छ,“ उनले भनिन्।

    मन्त्री बेरबक गत मे महिनामा कीभ भ्रमण गर्ने पहिलो वरिष्ठ जर्मन सरकारको प्रतिनिधि थिइन् । त्यसभ्रमणका क्रममा उनले देशमा जर्मनीको दूतावास पुनः खोल्ने घोषणा समेत गरेकी थिइन्। -एजेन्सीको सहयोगमा

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार