हसिया हतौडालाई आँखा चिम्लेर विश्वास गर्दा फसे वामदेव नमज्जाले फसे, लास्ट आवरमा प्रचण्डले यसरी डुबाइदिए चुर्लुम्मै !

हसिया हतौडालाई आँखा चिम्लेर विश्वास गर्दा फसे वामदेव नमज्जाले फसे, लास्ट आवरमा प्रचण्डले यसरी डुबाइदिए चुर्लुम्मै !


प्रहार न्युज
  • मंगलबार, भाद्र २८ २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आँखा चिम्लेर विश्वास गर्दा नेकपा एकता अभियान पार्टीका अध्यक्ष बामदेव गौतम नमज्जाले फसेको खबर छ । प्रचण्डबाट वामदेवले गम्भीर धोका पाएका हुन् । वामदेवले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिँया हथौडा लिएर चुनावी प्रतिष्पर्धा गर्नेगरी गरेको तयारी अन्ततः क्यान्सिल गर्नुपरेको छ ।

    वामदेव पेन्डुलम बनेको आरोप बेलाबखत लाग्ने गरेको छ । यसैबीच, बामदेवलाई फेरि एकपटक पेन्डुलम बनाइएको छ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बावुराम भट्राई र बामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह दिने निर्णय गरेको थियो तर अन्तिममा निर्वाचन आयोगमा पुगेर संयुक्त निवेदन दिने बेलामा प्रचण्डले बामदेवलाई जिल्ल पारेर बावुरामलाई मात्रै हसिया हथौडा चिन्ह दिनेगरि निवेदन दिएको खुलासा भएको छ ।

    निर्वाचन आयोगको नियम अनुसारनै फरक फरक पार्टीले पनि एउटै चुनाव चिन्हबाट प्रतिष्पर्धा गर्न सक्ने तर दुवै पार्टीका अध्यक्षहरुले संयुक्त निवेदन दिनुपर्नेमा प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बावुराम भट्टराईसँग मात्रै निर्वाचन आयोगमा गएर निवेदन दिए पछि बामदेव गौतम जिल्लीएका छन् ।

    एउटै चिन्हबाट चुनाव लड्ने पार्टीहरुले दरखास्त दिने अन्तिम दिन बिहान माओवादी केन्द्रको स्थायी कमिटिको बैठकले बावुराम र बामदेवलाई हसिया हथौडा चिन्ह दिने निर्णय गरेको थियो तर प्रचण्ड र बावुराम मात्रै निर्वाचन आयोगमा पुगेर निवेदन दिएको खुलासा भएको छ। बामदेव गौतमले निर्वाचन आयोग पुगेर कुर्दाकुर्दै पनि प्रचण्डले फोन नै नउठाएको पनि खुलेको छ ।

    बामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले ओटिभी नेपालसँग यस बारेमा विस्तृत खुलासा गरेका छन् । उनले अब बामदेव गौतमले हसिँया हथौडा चिन्ह लिएर चुनाव लड्ने सम्भावना पुर्ण रुपमा समाप्त भएको भनेका छन् ।

    निर्वाचन आयोगमा दुई पार्टीले संयुक्त निवेदन दिने मिति सकिएको र अब हसिँया हथौडा चुनाव चिन्ह लिएर लड्दा माओवादी भएर मात्रै लड्न सकिने भन्दै आफुहरुका लागी माओवादी भएर हसिँया हथौडा चिन्ह लिन स्विकार्य नभएको पाण्डेले भनेका छन् ।

    प्रचार विभाग प्रमुख पाण्डेले ओटिभी नेपाललाई बताए अनुसार विहान माओवादी केन्द्रले गरेको निर्णय अनुसार बामदेव गौतम दिउसो निर्वाचन आयोगमा पुगेका थिए तर त्यस दिन प्रचण्ड फोननै नउठाइ सम्पर्क बिहिन भएका थिए । पाण्डेले अब आफ्नो पार्टी निर्वाचनमानै सहभागी नहुने समेत बताएका छन् ।

    हाल राष्ट्रिय सभाका सदस्य रहेका गौतमले गठबन्धनको तर्फबाट प्युठानमा उमेदवार बन्न पाउनु पर्ने दाबी गरिरहेका थिए तर अब निर्वाचननै नलड्ने फाइनल भएको पाण्डेले बताएका छन् । प्रचण्डबाट ठुलो धोका खानु भएछनी तपाइहरुले ? भन्ने ओटिभी नेपालको प्रश्नमा पाण्डेले यसलाई धोकाकै रुपमा त नबुझेको तर घटनाक्रम यस्तो भएको बताएका छन् ।

    एकपटक भएपनि प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो झुण्डाउने सपना बोेकेका बामदेव गौतमको प्रधानमन्त्री बन्न सपना लगभग सकिएको छ ।प्रधानमन्त्री बन्नका लागी प्रतिनिधिसभाको सदस्य हुनै पर्ने संवैधानिक बाध्यात्मक व्यवस्था रहेको छ ।

    गौतम प्रतिनिधीसभाको निर्वाचनमा नै सहभागी नहुने भएका छन् । प्रचण्डको धोकासँगै अब बामदेवको प्रधानमन्त्री बन्ने सम्भावना र सपना चकनाचुर भएको छ । अहिले प्रतिनिधीसभाको उम्मेदवार नै नहुने भए पछि पाँच बर्ष पछि उमेर लगायत पनि धेरै कारणले त्यो सम्भावना रहदैन् ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार