चुनावको मुखैमा प्रचण्डमा देखियो गम्भीर समस्या, देशभरका नेताकार्यकर्ताहरु ठूलो चिन्तामा !

चुनावको मुखैमा प्रचण्डमा देखियो गम्भीर समस्या, देशभरका नेताकार्यकर्ताहरु ठूलो चिन्तामा !


प्रहार न्युज
  • बुधबार, भाद्र २९ २०७९

  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेलाबखत आफ्नो अभिव्यक्तीका कारण विवाद र चर्चामा आइरन्छन् । चुनावकै पेरिफेरीमा प्रचण्डले प्रायः आक्रामक र भावुक अभिव्यक्ती दिदै विवाद, चर्चा र आलोचना पाउने गर्छन् ।

    केही महिना अगाडी सम्पन्न स्थानिय तहको चुनावमा प्रचण्डले आफ्नी छोरी समेत रहेकी भरतपुर महानगरपालिकाकी वर्तमान मेयर रेणु दाहालले माओवादीले चुनाव हारे देश दुर्घटनामा जाने भन्दै धम्कीशैलीमा अभिव्यक्ती दिएका थिए ।

    स्थानिय चुनावको केही समय अगाडी प्रचण्डले आफूसँग लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प मात्र बाँकी रहेका भन्दै अभिव्यक्ती दिएका थिए । यसैबीच, अहिले देश आसन्न प्रदेश र प्रतिनिधीसभाको चुनावमा होमिएको छ ।

    यही मेसोमा नेताकार्यकर्ताको चुनाव दौडधुप बढेको छ । यही क्रममा प्रचण्डले मंगलबार राजधानीस्थित मण्डला थिएटरमा नेता किरातीद्वारा लिखिति पुस्तक ‘पल पलको मृत्यु’ लोकार्पण गरे । सोही क्रममा प्रचण्डले दिएको एउटा अभिव्यक्तीले राजनीतिक बजार र सामाजिक सञ्जालमा छिनभरमै भाइरल बन्यो ।

    सम्बोधनका क्रममा प्रचण्डले नेता किराती मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति नै बन्नसक्ने बताए । उनले भने, ‘राजनीतिमा मन्त्री, राष्ट्रपति अब सुदनको निम्ति ठूलो कुरा रहेन । राष्ट्रपति पनि हुने नजिकै छ ।’ साथमा उनले जनयुद्धकालीन नेता किरातीको योगदानको सम्मान गरेका छन् ।

    उनले पुस्तक लेखेकोमा नेता किरातीलाई शुभकामना दिए । ‘सुदन किराती जल्दोबल्दो युवा नेता हुनुहुन्छ । उहाँले रचनाहरू ल्याउने जमर्को गर्नुभएको छ, सफलताको सिँढी चढ्दै हुनुहुन्छ । शुभकामना छ । यो पुस्तक राम्रो बनेको छ,’ उनले भनेका छन् ।

    सम्बोधनकै क्रममा प्रचण्डल लाखौं करोडौं मानिसका बीचमा रहेपनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन्। उनको यो अभिव्यक्ती छिनभरमै भाइरल बन्यो । प्रचण्डको अभिव्यक्तीपछि मनोविज्ञहरुले समेत मानिसमा यस्तो अनुभूति हुनु गम्भीर समस्या भएको बताइरहेका छन् । प्रचण्डको अभिव्यक्तीलाई लिएर माओवादी नेताकार्यकर्ताले समेत चिन्ता व्यक्त गरे ।

    मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ’पल पलको मृत्यु’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महसुस हुन थालेको बताएका हुन्। प्रचण्डले जीवनको बोध हुन छाडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे।

    अहिलेको अवस्था जे–जस्तो भएपनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए। प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौं यथार्थमा आधारित पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे। आधुनिक नेपाल निर्माणमा जनयुद्दको महत्वलाई कसैले भूल्न नहुने उनको भनाइ छ। प्रचण्डले युद्दमा सहभागीहरूलाई जति शान्तिको महत्व अरूलाई नहुने पनि बताए।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार