चोलेन्द्र आज ११ बजे अदालतको गेटभित्र छिरिसक्ने: बाहिरियो भित्री तयारी, गठबन्धनका नेताहरु ठूलो तनावमा

चोलेन्द्र आज ११ बजे अदालतको गेटभित्र छिरिसक्ने: बाहिरियो भित्री तयारी, गठबन्धनका नेताहरु ठूलो तनावमा


प्रहार न्युज
  • आइतबार, असोज २ २०७९

  • काठमाडौं । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आजबाट सर्वोच्च अदालत फर्कने भएका छन् । उनी ११ बजे छिरिसक्ने उनी निकट स्रोतले बताएको हो । आफूमाथि लागेको महाभियोग प्रमाणित नभएको भन्दै जबराले आफू आज ११ बजे अदालत पुग्ने जनाए ।

    उनले अदालत छिर्ने तयारी गरेपछि गठबन्धनका नेताहरु ठूलो तनावमा छन् । जबरामाथि सत्तापक्षका ९८ जना सांसदले महाभियोग दर्ता गरेका थिए । लामो समयसम्म उक्त प्रस्ताव त्यतिकै राखेर हालै अघि बढाईएको थियो । हिजो राति १२ बजेबाट संसद्को कार्यकाल पनि समाप्त भएको छ ।

    महाभियोग सिफारिश समितिले भने हिजो राति ढिलैगरि भएपनि सभामुख अग्निप्रसाद सापकोटासमक्ष प्रतिवेदन बुझाएको थियो । समितिमा रहेका एमाले र लोसपाका सदस्यहरुले भने फरक मत राखेका छन् ।

    उसो त यता उनी निकट अर्को स्रोतले भन्यो, ‘संसदले महाअभियोगबारे निर्णय नगरी कार्यकाल सकिएपछि उहाँमाथि लागेको अभियोग स्वतः निष्क्रिय भएको छ। असोज ४ गते मंगलबार उहाँ सर्वोच्च फर्किने तयारीमा हुनुहन्छ।’

    जोतिषलेले ४ गते फर्किदा शुभ हुने सल्लाह दिएपछि राणा उनले मंगलबार हाजिर हुने जनाउ सर्वोच्च प्रशासनलाई दिएका हुन्। राणाले फर्किने सन्देश पठाएपछि सर्वोच्च प्रशासन अन्योलमा परेको छ।

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार