प्रधानमन्त्रीपत्नी आरजु राणा यो जिल्लाबाट समानुपातिकमा

प्रधानमन्त्रीपत्नी आरजु राणा यो जिल्लाबाट समानुपातिकमा


प्रहार न्युज
  • सोमबार, असोज ३ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार साँझ टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको नेता रमेश लेखकले जानकारी दिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो । २०७४ को निर्वाचनमा उनी कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन् ।

    यस्तै यता मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरू भएको कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्द सूची दर्ता गरिरहेको छ । असोज १ र २ गते समानुपातिक बन्द सूची पेश गर्ने कार्यक्रम अन्तर्गत पहिलो दिन ६ दलले बन्द सूची पेश गरेका छन् भने दोश्रो दिन बाँकी रहेका दलहरूले बन्द सूची पेश गरिरहेका छन् ।

    आयोगले उम्मेदवारको बन्द सूची दर्ताका लागि संघ र प्रदेशसभाका लागि छुट्टाछुट्टै धरौटी रकम तोकेको छ । प्रतिनिधिसभा समानुपातिक तर्फका उमेदवारको बन्द सूचीका लागि ५० हजार रूपैयाँ र प्रत्येक प्रदेशका लागि २५ हजारका दरले धरौटी रकम तोकिएको छ । संघ र सबै प्रदेशका लागि उमेदवारको बन्द सूची बुझाउने दलले कूल २ लाख २५ हजार रूपैयाँ धरौटी बुझाउनुपर्ने हुन्छ ।

    निर्वाचनमा प्राप्त मतको थ्रेस होल्ड कट्यो भने दलले धरौटी रकम फिर्ता पाउँछन् अन्यथा जफत हुने व्यवस्था रहेको छ । थ्रेस होल्ड कटाउन संघमा कम्तिमा ३ प्रतिशत मत पाउनुपर्छ भने प्रदेशमा १।५ प्रतिशत मत पाउनुपर्छ । प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने उदेश्यले निर्वाचन आयोगमा ७६ दल दर्ता भएका छन् भने समानुपातिक प्रणालीमा भाग लिन ७६ दलमध्ये ६८ दलको निवेदन दर्ता भएको छ

    प्रतिक्रिया
    नयाँ अपडेट
    धेरै पढिएको
    अन्य समाचार