प्रहारन्युज डेक्स

अभिनेत्री इशाले खरभुजालाई अनार भनेपछि

अभिनेत्री इशा गुप्ता बोल्ड लुकका कारण चर्चामा हुने गरेकी छन् । उनका कतिपय नग्न तस्बिरले इन्टरनेटमा आगो लगाएका छन् ।

यसपटक उनी फेरि ट्रोल भएकी छन् । नग्न तस्बिरका कारण भन्दा पनि इस्टाग्राम एकाउन्टमा राखिएको फरक तस्बिरले उनी ट्रोल भएकी हुन् ।

तस्बिरमा उनी खरभुजा खाइरहेकी छन् । तस्बिर शेयर गर्दा उनले क्याप्सनमा ‘पोमग्रेनेट्स आर सो २०१७’ लेखेकी छन् । जसको इशारा उनले २०१७ मा सूट गरेको तस्बिरका लागि हो ।

फ्यानहरूले क्याप्सनको गलत अर्थ लगाए । इशाले खरभुजालाई अनार भनेको भन्दै ट्रोल गरिएको छ । कमेन्टमा एजनाले लेखेका छन्,‘इशाले प्रि–स्कुल बंक गरेको हुनुपर्छ ।’

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology