प्रहार न्युज

अभिनेत्री प्रियंका चोपडाले काली भएकै कारण भोग्नुपर्यो यस्तो ठूलो समस्या

एजेन्सी – बलिउडबाट हलिउडमा छलाङ मारेकी अभिनेत्री प्रियंका चोपडाले पनि आफू रंगभेदको सिकार बनेको खुलासा गरेकी पूर्व विश्व् सुन्दरी तथा चर्चित नायिका प्रियंका चोपडाले आफू रंगभेदको सिकार बनेको रहस्य खोलेकी छिन् । हालैको एक अन्त्रवार्तामा प्रियंकाले आँफु केही काली भएको र रंगको आधारमा भएको भेदभावकै कारण आफ्नो हातबाट एक हलिउड फिल्म फुत्किएको खुलासा गरेकी हुन् ।
फिल्मको सुटिङका लागि बेला हलिउडको एउटा स्टुडियोले मेरो मेनेजरसँग कुरा गरेको र उक्त चलचित्रको निर्माण यूनिटले स्टुडियोले मेरो अनुहार देखाउँदै फिल्मका लागि उपयुक्त नभएको बताएको रहेछ,’ उनले रहस्य खोलीन् ।
अन्तरवार्तामा प्रियंकाले महिला र पुरुष कलाकारबीच असमान पारिश्रमिकको विषय पनि उठाएकी छिन् । प्रियंका नयाँ हलिउड फिल्म ‘अ किड लाइक जैक’मा जिम पार्सन्स र ओक्टैविया स्पेन्सरसँग देखिँदैछिन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology