प्रहारन्युज डेक्स

सांस्कृतिक कार्यक्रममा नै गायिकाको गोली हानी हत्या

काठमाडौं । पाकिस्तानकी एक स्थानीय गायिकालाई लार्काना नजिकैको कांगा भिलेजमा आयोजित सांस्कृतिक कार्यक्रममा गोली हानी हत्या गरिएको छ ।

पाकिस्तानी समाचार एजेन्सी डन डट कमका अनुसार समिना सिन्धु भनेर चिनिने २४ वर्षीया समिना समुनलाई कार्यक्रममा आङ्खनो प्रस्तुती दिने क्रममा तारिक अहमद जातेईले गोली हानेका हुन् ।

आरोपीको ‘उठेर गाउनुपर्ने आग्रह’ लाई समिनाले अस्विकार गरेपछि उनीमाथि गोली हानिएको बताइएको छ । नशाले चूर भएका आरोपीले गायिकालाई गोली हान्नुपूर्व बारम्बार उठेर गाउन दबाब दिइरहेका थिए ।

समिनालाई तत्काल चन्ड्का अस्पताल पु¥याइए पनि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology