प्रहार न्युज

  • १५

‘भद्रगोल’ ले तोड्यो आफ्नै रेकर्ड यस्तो भन्छन पाँडे र जिग्री

काठमाडौं – नेपाली टेलिश्रृङखला भद्रगोलको १ सय ६७ औँ भागले युट्युवमा सार्वजनिक भएको २ दिन नपुग्दै करिब ७ लाख  भ्युज  कमाएको छ। साथै युट्युबमा सबैभन्दा धेरै हेरिने हास्यटेलिश्रृंखलाको आफैँले बनाएको रेकर्ड तोडेको  छ ।  गत शुक्रबार अपलोड गरिएको भद्रगोलको १६७ भाग करिब ७ लाख  भ्युज कमाउँदै अहिले युट्युब ट्रेन्डिङको ११ औ  स्थानमा रहेको छ  ।

कुनै पनि टेलिश्रृंखलाले २ दिन नपुग्दै यति धेरै भ्युज नपाएको श्रृंखला निर्देशक दीपक आचार्यले  दाबी  गरेका छन्।  भद्रगोलको यस  १६७ औ भागमा गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र लिलिबिलीको मुख्य भूमिकामा रहेका अभिनेता प्रदिप खड्का र जसिता गुरुङले  अतिथीको  भुमिका निभाएका छन्।

अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को लेखन तथा निर्देशनमा तयार भएको हास्य  टेलिश्रृंखलामा  कुमार कट्टेल, अर्जुन घिमिरे, दीपक आचार्य, सागर लम्साल, हरिस निरौला, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, रश्मि पान्डे, शारदा गिरी, अर्जुन तिमिल्सिना,  लगायतका कलाकारहरुको अभिनय छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology