प्रहारन्युज डेक्स

अभिनेत्रीको नाङ्गा तस्बिर पोर्न साइटमा निर्देशकले राखे पछी

मुम्बई । अभिनेत्रीमाथि दुर्व्यवहार गरेको आरोपमा भोजपुरी फिल्मी उद्योगका निर्देशक उपेन्द्रकुमार वर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

२८ वर्षीय एक अभिनेत्रीको वाथटबको अश्लील सिनहरू अनुमति विना सामाजिक सञ्जाल युट्युब र पोर्न साइटमा अपलोड गरेको आरोपमा मुम्बई प्रहरीले वर्मालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

वर्माले शर्ट फिल्मको शुटिङका लागि ती अभिनेत्रीको ३ दिनको समय लिएका थिए । जसमा वाथटबको सीन पनि थियो । तीमध्ये केही अश्लील सीनमा उनले आपत्ति जनाइन् । उनको असन्तुष्टिपछि निर्देशकले पारिश्रमिक दिएर आपत्तिजनक सीन हटाउने प्रतिबद्धता जनाएका थिए ।

केही दिनपछि उनका केही आपत्तिजनक सीन युट्युबमा देखिए । आफ्ना नजिकका साथीबाट यो कुरा थाहा पाएपछि उनले हटाउन आग्रह गरिन् । त्यसक्रममा उनले आफ्नो अश्लील सीन केही पोर्नसाइटमा समेत अपलोड भएको थाहा पाइन् ।

पोर्न साइट र युट्युबबाट सीनहरू हटाउन आग्रह गर्दा निर्देशकले अस्वीकार गरे । उल्टै मेकअपमा लागेको १५ हजार रुपैयाँ फिर्ता माग्न थाले । त्यसपछि पीडित अभिनेत्री प्रहरीको शरणमा पुगिन् ।

उनको उजुरीका आधारमा प्रहरीले उपेन्द्र वर्मालाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको मुम्बईका डिप्टी कमिश्नर परमजीत सिंह दहियाले जानकारी दिए ।

उनका अनुसार उपेन्द्रको मोबाइल र ल्याप्टप सीज गरिएको छ । घटना सन् २०१७ को भएपनि निर्देशक वर्मा एक वर्षपछि पक्राउ परेका हुन् । – एजेन्सी

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology