Prakash

समाजवादी याे रङकाे बिरूद्धमा

समाजवादकाे रङ
नारी स्वतन्त्रताको नाऊँमा
सुन्दरी प्रतियोगितामा नारिएर
क्रमश नाङ्गीदै गएकी
अाफ्नै बहिनी र छाेरीहरूमा हेर्नुपर्ने ?

समाजवादकाे रङ
उदारवाद र खुला अर्थतन्त्रको नाऊँमा
मुनाफाखाेर पुँजीपतिहरूले
गरीप मारेर जम्मा गरेकाे
कालाे धनले निर्माण गरेकाे
राष्ट्रिय अर्थतन्त्रमा पढ्नु पर्ने ?

समाजवादकाे ढङ
लाेकतान्त्रीक शासनकाे नाऊँमा
मुट्ठीभर शासकहरूले
कमाराे ठान्दै सारा नागरिकहरूलाई
कजाईरहेकाे शासनमा नै बुझ्नु पर्ने ?

काेही त भन,
के यहि हाे समाजवाद ?
हाे यहि
यदि साँच्चिकै भने,
म मुट्ठी उचालेर भन्छु
स्त्री मारा याे झुत्रे समाजवाद – मुर्दावाद ।
गरीप्मारा याे झुत्रे समाजवाद – मुर्दावाद ।।
कमारावादी याे झुत्रे समाजवाद- मुर्दावाद ।।।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology