प्रहारन्युज डेक्स

  • १४

सिरियामाथि हमलाका लागि तयार होउ रसिया, ‘स्मार्ट’ मिसाइल आइरहेका छन्ः ट्रम्प

‘रसियाले सिरियामा आइपुगेको कुनै पनि मिसाइललाई खसाल्ने बताएको छ । रसिया तयार होउ, ती मिसाइलहरु निकै राम्रा, नयाँ र ‘स्मार्ट’ भएर आउँदैछन् । ’।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको यो ट्वीटले भविष्यमा सिरिया संकटले कस्तो मोड लिनेछ भन्नेबारे दर्साउँछ ।

१७ घण्टा अघि गरिएको उक्त ट्वीटमा ट्रम्पले सिरियाली नेतालाई आफ्नो नागरिकको हत्या गरी रमाउने ‘रासायनिक हमला गर्ने जनावर’ बताएका छन् ।

Donald J. Trump

@realDonaldTrump

Russia vows to shoot down any and all missiles fired at Syria. Get ready Russia, because they will be coming, nice and new and “smart!” You shouldn’t be partners with a Gas Killing Animal who kills his people and enjoys it!

शनिबार दमास्कस नजिकै भएको कथित हमलाको जवाफमा ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ट्वीटमा ट्रम्पले रुससँग अमेरिकाको सम्बन्ध अहिलेसम्मकै खराब भएको पनि बताएका छन् । यता, रुसले पनि अमेरिकी हमलाको कडा जवाफ दिइने बताउँदै आएको छ ।

Donald J. Trump

@realDonaldTrump

Our relationship with Russia is worse now than it has ever been, and that includes the Cold War. There is no reason for this. Russia needs us to help with their economy, something that would be very easy to do, and we need all nations to work together. Stop the arms race?

सिरियामा बशर अल–असदको सरकारले विद्रोहीको नियन्त्रणमा रहेको डूमा शहरमा रासायनिक हमलामा आफ्नो भूमिकालाई अस्विकार गर्दै आएको छ ।

सिरिया संकटः

सिरियामा केही समयअघिको संदिग्ध रासायनिक (केमिकल) हमला पछि, संसारका दुई शक्तिशाली राष्ट्रबिच गतिरोध बढिरहेको बीबीसीले बताएको छ ।

हमला पछि अमेरिकाले सिरियामा ‘ठूलो सैन्य कारवाही’ हुने बताएका थिए । त्यसको जवाफमा रुसले पनि अमेरिकालाई कुनै पनि सैन्य कारवाही नगर्न आदेश दिएको थियो ।

संयुक्त राष्ट्रमा रुसका प्रतिनिधीले भने, ‘म एकपटक पुनः तपाईंलाई यो भन्न चाहन्छु कि अहिलेको स्थितीमा तपाईंले जस्तो स्थिती बनाइरहनु भएको छ, त्यसबाट बच्न आवश्यक छ ।’

उनले भविष्यमा यदि कुनै पनि प्रकारको अवैध कारवाही भए त्यसको जिम्मेवारी अमेरिकाले लिुनपर्ने चेतावनीसमेत दिए ।

ट्रम्पले सिरियामा मिसाइल हमलाका लागि तयार हुन रुसलाई चेतावनीसहितको जवाफ दिएका छन् ।

डूमामा रासायनिक हमलाः

यसअघि सिरिया र विद्रोही विरुद्धको युद्धमा सिरियालाई समर्थन गर्ने रुसले अनुसन्धान दललाई मद्दत गर्न आफू तयार भएको बताएको छ ।

यसमा आफ्नो कुनै पनि संलग्नता नभएको रुसले बताउँदै आएको छ ।

यस्तै पश्चिमी देशले डूमा शहरमा भएको संदिग्ध रासायनिक हमलाका जिम्मेवारविरुद्ध आफूहरु एकजूट भएको बताएका छन् ।

वास्तवमा, अमेरिका रासायनिक हमलाको अनुसन्धानका लागि एक भिन्न प्यानल गठन गरेर दोषीको पहिचान गर्न चाहन्छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले कुनै पनि हवाई हमला सिरिया सरकारको रासायनिक स्थानलाई टारगेट गर्ने बताएको छ ।

संयुक्त राष्ट्र के गरिरहेको छ ?

डोनल्ड ट्रम्पले यसविरुद्ध कडा प्रतिक्रिया दिने बताएका थिए । ट्रम्प र उनका रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो भ्रमण पनि रद्द गरेका थिए ।

सिरियाका विपक्षी कार्यकर्ता, सुरक्षाकर्मी र डाक्टरले पूर्वी गुटा क्षेत्रको डूमा इलाकामा रासायनिक हमलामा थुप्रैको मृत्यु भएको बताएका छन् ।

राष्ट्रपति बशल–अल–असद सरकारले रासायनिक हमलाका आरोप खारेज गरेका छन् । यो सरकारले रुसको समर्थन पाएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा सिरियाविरुद्ध कारवाही गरिने चेतावनी दिइयो ।

यो बैठकमा पनि सदस्यको धारणा भिन्नभिन्न हुँदा हमलाका आरोपमाथि कुनै अनुसन्धान टोली गठन हुन सकेन ।

सुरक्षा परिषदको स्थायी सदस्य भएकाले रुस र अमेरिका दुबै देशसँग भिटोको अधिकार छ । दुबैले स्वतन्त्र अनुसन्धान टोली गठन गर्ने एक अर्काको प्रस्ताव रोकेको छ ।

रुस र अमेरिकाः

अनुसन्धानकर्ताले नै सिरियामाथिको हमलाका दोषीलाई निर्धारण गर्ने अमेरिकाको प्रस्ताव थियो भने रुसले सुरक्षा परिषदलाई यसको जिम्मेवारी दिने प्रस्ताव राखेको थियो ।

डूमामा प्रतिबन्धित रासायनिक हतियारको प्रयोग भएको छ छैन भन्ने विषयमा निष्कर्ष पाउन चाँडै नै ओपिसिडब्ल्यू (प्रोहिबिशन अफ केमिकल वेपन्स) को एक समूहलाई सिरिया पठाइनेछ ।

तर ओपीसिडब्ल्यूको समूहले हमलामा को जिम्मेवार छ भन्नेबारे पत्ता लगाउने छैन । संयुक्त राष्ट्रको यो सत्रमा एकपटक पुनः रुस र अमेरिकाको कडा बयानबाजी भयो ।

रुसका संयुक्त राष्ट्र प्रतिनिधी नेबेन्जियाले अमेरिकाले यो प्रस्तावलाई सैन्य कारवाहीका लागि बहानाको रुपमा प्रयोग गरिरहेको आरोप लगाए ।

यस्तै, अमेरिकाकी प्रतिनिधी निकी हेलीले यो प्रस्तावलाई झुटो बताइन् ।

उनले भनिन्, ‘रुसले परिषदको विश्वसनीयतालाई नै बर्बाद गरेको छ । जतिबेला हामी सिरियामाथि कुनै महत्वपूर्ण प्रस्ताव ल्याउन चाहन्छौं रुसले त्यसलाई भिटो गरिदिन्छ ।’

के होला सैन्य हमला ?

अमेरिका र त्यसका सहयोगी देश हमलाको तयारीमा रहेको बीबीसीले आशंका जताएको छ ।

ट्रम्पले सिरियामाथि आफ्नो ध्यान केन्द्रित गर्न ल्याटिन अमेरिकाको आफ्नो भ्रमणलाइ पनि रद्द गरेको छ ।

बीबीसी संवाददाता बारबरा प्लेटले यो निर्णयले अमेरिका कुनै सानोतिनो हमला नभई ठूलो सैन्य कारवाही गर्न सक्ने आशंका व्यक्त गरेकी छिन् ।

अमेरिकाले अहिले फ्रान्स र बेलायतसँग पनि छलफल गरिरहेका कारण पश्चिमको एक संगठित सैन्य हमला नै हुनसक्ने सम्भावना बढेको छ ।

टाइम्सको रिपोर्ट अनुसार बेलायती प्रधानमन्त्री टेरिजा मे ले ट्रम्पलाई यस हमलाको थप प्रमाण पेश गर्न आग्रह गरेकी छिन् ।

भूमध्यसागरमा अमेरिकी जलसेनाको मिसाइल यूएसएस डोनल्ड कुक तैनाथ छ र युरोपेली एयर ट्राफिक कन्ट्रोल एजेन्सीले आफ्नो एयरलाइन्सलाई सिरियामा मिसाइल हमला हुनसक्ने भन्दै केही दिनसम्म सतर्क रहन आग्रह गरेको छ ।

बीबीसी हिन्दीबाट

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology