प्रहार न्युज

गृहमन्त्री बादलको आदेश सर्बसाधारण लाई पनि कारबाही गर्नुस

गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बादलले फोहोर गर्नु भ्रष्टाचार सरह भएको बताए । उनले भने, ‘जसले बाटोमा फोहोर फाल्छ, प्रहरी जवानहरुले उनीहरुलाई गिरफ्तार गर्नुपर्छ, सजाय दिनुपर्छ ।’

आम जनताले पनि फोहोर फाल्नेहरुलाई सामाजिक दण्ड दिन जरुरी रहेको उनले बताए । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वातावरण सरसफाईका लागि सबैपक्ष जिम्मेवार हुनुपर्ने बताए ।

२ वैशाखबाट सुरु भएको अभियान अन्तरगत हालसम्म ७५० मेट्रिक टन फोहर हटाइसकेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए । गृहमन्त्री बादलको यस्तो निर्देशनलार्इ प्रहरीलार्इ अप्ठ्यारो पारेको छ । वाताबरण मन्लालयले गर्ने काम गृहको आदेश अनुसार आफुहरूले गर्नु परेपछि प्रहरीभित्र खैलाबैला सुरु हुने निश्चित छ ।

गृहमन्त्रीको आदेश मान्ने हो भने प्रहरीले अब सर्वसाधारणहरु माथि भकाभक कारवाही गर्ने भएको छ । कारबाही गर्न पनि सजिलो छैन । लुकेर फोहोर फाल्ने सर्वसाधारणलाई कसरी समात्नु प्रहरीलाई चुनौती पनि थपीएको छ ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology