प्रहारन्युज डेक्स

  • १४

पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो सुरक्षामा खट्टिएका २९ जना सुरक्षाकर्मी औपचारकि रुपमै फिर्ता गरे

काठमाडौं ।नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्रीको हैसियतमा पाएका २९ जना सुरक्षाकर्मी फिर्ता गरेका छन् ।शान्ति प्रक्रियामा आएसँगै सुरक्षा घेरमा रहँदै आएका भट्टराईले बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकुडीलाई बिदाई गरेका हुन्।

हाल भट्टराईको सुरक्षाका लागि नेपाल प्रहरीबाट १० र सशस्त्र प्रहरीबाट १९ जना गरी २९ जना सुरक्षाकर्मी तैनाथ थिए।उनलाई नयाँ शक्ति गठन गर्नुभन्दा अगाडि सरकारले माओवादीको उच्च नेतृत्वको हैसियतमा सुरक्षा प्रदान गर्दै आएको थियो।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology