प्रहारन्युज डेक्स

७ वर्षदेखि चलिरहेको सिरिया युद्धका १४ दर्दनाक फोटोहरु जसले जो कोहीको आँखा रसाउनेछ

एजेन्सी। पछिल्लो समय सिरिया पश्चिमा देशको निशानामा परेको छ । यो देश विगत ७ वर्षदेखि युद्धको आगोमा जलिरहेको छ । यो युद्धको सुरुवात भने केही बालबालिकालाई पक्राउ गरेपछि सुरु भएको हो । ७ वर्षअघि सुरु भएको यो युद्धले दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय संकटको रुप लिएको छ । यो युद्धमा अहिलेसम्म ४ लाखभन्दा धेरैको ज्यान गइसकेको छ ।

२०११ मा देशभर सुरु भएको यो प्रदर्शनले गृहयुद्धको रुप लिएको हो । यो युद्धले कुनै बेला राष्ट्रपति बसर अल असदको वफादार रहेको सेनाको आधा संख्यालाई उनकै विरोधी बनाइदियो । सरकारविरुद्ध संघर्ष गर्नको लागि सिरियाको सैनिकका केही अफिसरहरुले सेना छोडेर आफ्नै छुट्टै फ्रि सिरियन आर्मी बनाए । प्रदर्शनकारीमाथि गोली प्रहार गरेको कारण हजारौं संख्यामा सेनाका जवानहरुले सेना छोडे र राष्ट्रपतिविरुद्ध गुरिल्ला युद्ध सुरु गरे ।

यसपछि सुरु भएको युद्धले यो देशलाई पूरै बर्बाद बनाइसकेको छ । यो युद्ध बढ्दै जाँदा आतंकवादी संगठन आइएसआइएससमेत युद्धमा मिसिएपछि यो देश निकै जर्जर बनेको छ । २०१४ मा विश्व बैंले गरेको अनुमान अनुसार हरेक ५ मध्ये ४ सिरियन गरिबी र बेरोजगारीसँग जुधिरहेका छन् । २०११ मा गरिबी र बेरोजगारीको संख्या कूल जनसंख्याको १५ प्रतिशत रहेकोमा २०१४ मा ५८ प्रतिशत पुग्यो । यहाँबाट करिब ४० लाख नागरिक देश छोडेर भागेका छन् । ७५ लाख नागरिक देशमै विस्थापितको जीवन बाँचिरहेका छन् ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology