प्रहार न्युज

भारतको निर्देशनपछि ओलीले यसरी देखाए असली रुप,फोरम र माओवादीको बिचल्ली

काठमाडौं – सरकारमा जाने संघीय समाजवादी फोरम नेपालको सपना केपी ओली र उनको दल नेकपा एमालेका कारण धरासायी हुने अवस्थामा पुगेको छ ।

ओली भारत भ्रमणबाट आएपछि संघीय फोरमलाई सरकारमा लैजान खासै रुचि देखाएका छैनन् । सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादप् फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्याशैली बाट सशंकित भएको छ ।

एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरूले जनाएका छन् ।संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरूले एमालेप्रति असन्तुष्टि जनाएका हुन् ।

संविधान संशोधनमा सरकारको लिखित प्रतिवद्धता नआएसम्म पार्टी सरकारमा नजाने फोरमका नेताहरूले प्रस्ट पारेका छन् । एमालेकै कारण पार्टी सरकारमा जान अड्किएको उनीहरूको भनाई छ ।

असोज १७ पछि लगातार ६ महिना गृहकार्य गरेर पार्टी एकताको तयारी गरेका एमाले माओवादीबीच पार्टी एकताबारे कहिले धेरै चर्चा हुन्छ त कहिले सामसुम जस्तै हुन्छ ।

एकता प्रसङ्गमा नेताहरूको कहिले एकै मुख हुन्छन् त कहिले विपरीत । नेताको एकै मुख हुँदा एकता भैहाल्छ कि भनेर सोच्ने कार्यकर्ता विपरीत अभिव्यक्ति आउँदा ‘टर्यो कि रु’ भन्ने अनुमान लगाउँछन् ।

विगत ६ महिनाको अवधिमा दुई पार्टीले पार्टी एकताका लागि कार्यदल बनाएर राजनीतिक प्रतिवेदन र विधानको मस्यौदा नै तयार गरिसकेका छन् । पार्टी एकता गर्नेमा दुवै पक्ष सैद्धान्तिक रूपमा तयार पनि देखिन्छन् ।

तर केही प्राविधिक कुरामा सहमति भइनसकेको अवस्थामा सरकारका संरचना र संयन्त्र परिवर्तनमा देखिएको असमझदारीले के एमाले माओवादी एकता प्रकृया नै डिरेल हुने त हैन भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।

तर, एमाले नेता सुवास नेम्वाङ सहमति जुटाउन केही ढिला भए पनि वैशाख ९ को डेडलाइनमै पार्टी एकता घोषणा हुने दाबी गर्छन् ।

नेम्वाङ भन्छन्, ‘यो बीचमा दुई पार्टीबीच केही असमझदारी जस्तो देखियो तर वास्तविकता त्यस्तो होइन । सचिव सरुवा र आईजीपी नियुक्तिलाई कतिपयले मुद्दा बनाए पनि बाहिर आएका हल्लामा कुनै सत्यता छैन । मात्रै माओवादी अध्यक्ष प्रचण्ड अलि अस्वस्थ भएर समितिको बैठक बस्न नसकेको हो ।’

प्रधानमन्त्री र प्रचण्ड काठमाडौं बाहिर

प्रधानमन्त्री केपी ओली आज रारा जाँदैछन् । भोलि त्यहाँबाट उनले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी प्रचण्ड पनि हिजोदेखि नै गृहजिल्ला चितवन छन् । त्यसैले अरू दुई–तीन दिन यी नेताबीच भेट हुनेछैन ।

© Copyright 2015-2018 Upama Sanchar P. LTD. All Right Reserved | Site by: SobizTrend Technology